
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार भएको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले १० वर्षसम्म आधारभुत कानून नबनाउने अनि संविधान संशोधन हुनुहुँदैन भन्नेकुरा गलत हुने बताउनुभयो । उहाँले संविधान जतिसुकै राम्रो भयो भएपनि कार्यान्वनय नभए राम्रोका अर्थ नहुने बताउनुभयो । उहाँले संघीयताको कार्यान्वयन, क्षत-विक्षत हुन्छ भने वा यसको आधारभुत उद्देश्य हाँसिल हुनमा नै व्यवाधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैँमा पनि संविधान पुनरावलोकनको एउटा आधार भएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयन गर्ने माहोल खडा गर्नका लागि यसका समस्याको पहिचान जरुरी रहेको बताउनुभयो ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमा कुनुकन कुरामा संशोधन गर्नुपर्छ भन्नेकुरा दलका नेताहरुले अघि सार्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्