१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


सेनेगलको तटीय क्षेत्रमा ३० वटा शव फेला


637
Shares

एजेन्सी । सेनेगलको तटीय क्षेत्रमा डुंगासहित ३० वटा सडेको शव फेला परेको छ ।

सेनेगलको राजधानी डकारबाट करिब ७० किलोमिटर टाढा रहेको डुंगामा शव कुहिएको अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भएको जनाइएको छ । उक्त तटीय क्षेत्रमा माछा मार्ने क्रममा माझीहरुले डुंगा र शव फेला पारेका हुन् ।

सेनेगलबाट स्पेनको क्यानरी टापुहरूका लागि प्रस्थान गर्ने आप्रवासीहरूको संख्यामा वृद्धि भएसँगै यस्तो घटना भएको सेनेगलका अधिकारीहरुले जनाएका छन् ।

फेला परेको डुंगा कहिले र कहाँबाट आएको भन्नेबारे अनुसन्धान भइरहेको सेनाले जनाएको छ । यसअघि गत अगस्टमा कम्तिमा १४ वटा सडेको शव सहितको डुंगा फेला परेको थियो ।