
काठमाडौं । साताको चौथो दिन सुनको मूल्य सात सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य सात सय र चाँदीमा ४० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढ्दै एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्