काठमाडौं । चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएकाहरुमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर रहेका छन् ।
सहकारीका चार सय ४६ जनाको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको दाबी मुद्धामा गरिएको छ । यस्तै सो सहकारीबाट गोरखा मिडियामा गएको रकमको हकमा पनि अनुसन्धान गर्न माग गरिएको छ ।
सहारा सहकारीबाट गोरखा मिडियामा ग्लोबल आईएमई बैंक मार्फत गएको ४७ करोड रुपैयाँ के–कसरी गएको हो भन्ने विषयमा पनि प्रतिवेदन आईसकेकाले दोषीहरुमाथि कारबाहीको माग पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्