
एजेन्सी । लेबनानमा हिजबुल्लाह समुहविरुद्ध यजरायलको भीषण हवाई हमला जारी छ ।
बिहीबार मात्रै इजरायली हमलामा कम्तिमा ९२ जना मारिएका छन् । गत सोमबार इजरायलले हवाई हमला थालेपछि अहिलेसम्म ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । हजारौं घाइते भएका छन् भने लाखौं मानिस विस्थापित भएका छन् ।
गत वर्ष अक्टोबर ७ मा प्यालेस्टाइनको हमास लडाकु समुहले इजरायलमा आक्रमण गरेपछि इजरायली सेनाले गाजा क्षेत्रमा जवाफी कारबाही गरिरहेको छ । हमासको समर्थनमा हिजबुल्लाहले इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायलले पनि सशक्त कारवाही थालेको हो ।
अमेरिकालगयातका सहयोगी देशहरुले युद्धविरामको लागि गरेको आग्रह लत्याउँदै इजरायलले गाजा र लेबनानमा कारवाही झनै भीषण पारेको छ । हमास र हिजबुल्लाह दुवै समुहलाई इरानको समर्थन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्