१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


पहिरोले कुलेखानी–फाखेल–काठमाडौं सडक अवरुद्ध


52
Shares

हेटौंडा । आज बिहान गएको पहिरोले हेटौंडा कुलेखानी फाखेल हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार आज बिहान हेटौंडा कुलेखानी फाखेल हुँदै काठमाडौं जाने सडकखण्डको इन्द्रसरोबर गाउँपालिका– २ सुकौरामा वर्षाका कारण पहिरोले सडक पुरिएकाले यातायात अवरुद्ध भएको हो ।

प्रहरीले सडक डिभिजन र स्थानीय तहसँग समन्वय गरेर पहिरो हटाउन प्रयास गरिरहेको जनाएको छ ।

यसैगरी बिहीबार हेटौँडाबाट काठमाडौं जाने वैकल्पिक सडकअन्तर्गत कान्ति लोकपथको घट्टेपाखामा गएको पहिरो हटाउन निरन्तरको वर्षाले समस्या भएको र वर्षा रोकिएपछि पहिरो हटाउने जनाइएको छ ।