२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आजको मौसम : पाँच प्रदेशमा वर्षा


2.249k
Shares

काठमाडौँ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठुला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने र भूक्षयको जोखिम र क्षतिबाट बच्नसमेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले नदी क्षेत्र आसपासमा बस्ने र कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा यात्रा गर्ने सबैलाई जोखिमको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।