
काठमाडौं । बाढीपहिरो र डुबानबाट हालसम्म एक सय जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा छ जना, सोलुखुम्बमाु पाँच, पाँचथरमा पाँच, भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ ।
यसैगरि दोलखामा तीन जना, सिन्धुलीमा दुई, धनकुटामा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको जनाइएको छ ।
बाढी पहिरोबाट प्रभावित भएका क्षेत्रमा खोजी र उद्धार कार्य गर्न ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्