२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोलुखुम्बुमा पहिरोबाट मृत्यु हुनेको संख्या ५ पुग्यो


494
Shares

सोलुखुम्बु । लगातरको वर्षाका कारण दुई फरक स्थानमा गएको पहिरोमा परि सोलुखुम्बुमा ५ जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–९ छेवारमा वर्षासँगै आएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा २३ वर्षकी ल्हमु शेर्पा, ७ महिनाको फुर्वा लोप्साङ शेर्पा र ३० वर्षीया रिना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोही स्थानमा बस्ने याङ्जी शेर्पा घाइते भएकी छन् । टाउकोमा गम्भिर चोट लागेर बोल्न नसक्ने अवस्थामा रहनुभएकी शेर्पाको टाप्टिङ स्थित वाङ्छु मेमोरियल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

त्यस्तै सोलुदुधकुण्ड नगरपालिकाकै वडा नम्बर १० टाप्टिङ चैलुङ गाउँमा पहिरोले घर पुरिँदा एकै घरका छोरी र बुहारीको मृत्यू भएको छ । टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उक्त घरमा किचिएर उहाँकी ३० वर्षीया छोरी र ४१ वर्षीया बुहारीको मृत्यु भएको हो ।