
काठमाडौँ । मौसममा सुधार आएपछि देशका विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ ।
शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सबै नदीहरुमा पानीको सतह सामान्य अवस्थामा आउन लागेकाले अब तत्काल बाढीको थप जोखिम नरहने पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्