
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन अमेरिका पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओली आइतबार साँझ संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारबाट उहाँ आज नेपाल आइपुग्नुहुनेछ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्