
एजेन्सी । ट्युनिसियामा डुंगा पल्टिँदा हुँदा १२ जनाको मृत्यु भएको छ ।
ट्युनिसियाको दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्र माडमा आप्रवासी चढेको डुंगा पल्टिँदा तीन बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको स्थानिय अधिकारीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा पाँच पुरुष र चार महिला रहेको अन्तराष्टिय संचारमाध्यमले जनाएका छन् । यसैगरि ट्युनिसियाली नेशनल गार्डले चार जना आप्रवासी पौडी खेलेर किनारामा फर्किएको जानकारी दिएका छन् ।
ट्युनिसिया र छिमेकी लिबिया युरोपमा रोजगारीका लागि जाने राम्रो जीवन स्थान मानिने हुदाँ प्रत्येक वर्ष, दशौं हजार मानिसहरू ट्युनिसिया हुँदै यूरोपतर्फ जान समुद्रको खतरनाक यात्रा गर्ने गरेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्