
फाइल तस्बिर
काठमाडौंं । साइबर अपराधको आरोपमा पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार सजाय मागदाबी गर्दै सोमबार मुद्दा दायर गरेको हो ।
भोलिदेखि प्रसाईको बयान बयान शुरु हुने छ भने बयानपछि पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने निर्णय हुने छ । एक महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी गरेपछि प्रहरीले प्रसाईलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्