२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पछिल्ला दुई वर्षमा मधेशमा मात्र ८ हजार ५ सय बढी भ्रष्टाचारका उजुरी


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ ।

आयोगको बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले प्रदेशप्रमुख सुवेदीलाई बुझाएको प्रतिवेदनमा पछिल्ला दुई आर्थिक वर्षमा मधेस प्रदेशमा कुल ८ हजार ५ सय २९ उजुरी दर्ता भएकोमा ६ हजार ४ सय ७२ उजुरी फर्छ्यौट भएको उल्लेख छ ।

मधेश प्रदेशमा सबैभन्दा बढी धनुषामा २०७९/०८० मा ४२१ तथा २०८०/०८१ मा १ हजार १ गरी १ हजार ४ सय २२ उजुरी परेकोमा १ हजार ५६ उजुरी फछर््यौट भएको छ । त्यस्तै बारामा कुल १ हजार २ सय ७ मा ८ सय ८७, सप्तरीमा १ हजार १ सय ७० मध्ये ९७१, रौतहटमा १ हजार ३५ मध्ये ७ सय ३४, महोत्तरीमा १ हजार २२ मध्ये ८ सय ३४ उजुरी फछर््यौट भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै पर्सामा ९ सय ५६ मध्ये ६ सय ९१, सिरहामा ८ सय ८१मध्ये ६ सय ८७ र सर्लाहीमा ८ सय ३६मध्ये ६ सय ४२ उजुरीको फछर््यौट भएको प्रतिवेदनमा उल्लेख छ ।