२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कैलालीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु


416
Shares

कैलाली । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका– १ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरित दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ का २६ वर्षीय चिरञ्जिवी मल्लको मृत्युु भएको जानकारी दिनुभयो ।

प्रवक्ता बोहोराका अनुसार चौधरी से ६ प ६२७९ नम्बरको मोटरसाइकल र मल्ल बा ९५ प ९२५२ नम्बरको मोटरसाइकलका चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल पुगाइएको थियो । उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यस्तै, बा ९५ प९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार कञ्चनरको शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीय दिपक बोहोरा पनि घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।