८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्नुहुँदै


1.014k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । पत्रकार सम्मेलन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे हुने सचिवालयले जनाएको छ ।

गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरणसमेत सार्वजनिक गर्ने र राहत प्याकेज घोषणा गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अमेरिका भ्रमण सकेर सोमबार स्वदेश फर्किनासाथ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक राखेर विपत्तिमा मृत्यु भएका परिवारका सदस्यलाई कार्यविधि अनुसार जनही दुई लाखका दरले सहायता उपलब्ध गराउने निर्णय त्यस बैठकले गरेको थियो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको १ महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै आधा राष्ट्रिय झण्डै झुकाउने निर्णय पनि गरेको थियो ।