
काठमाडौं । सरकारले दुई दिनभित्र विपद् प्रभावित व्यक्तिहरुको खोज तथा उद्धार कार्य सम्पन्न गरि सक्ने जनाएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा उहाँका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रश्तुत गर्नुभएको प्रेस विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको हो ।
त्यसैगरी बाढी, पहिरो र डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारबाट राहत रकम वितरण गर्ने कार्य यथाशिघ्र सम्पन्न गर्ने पनि विज्ञप्तीमा समावेश गरिएको मुख्यसचिव अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बाढी, पहिरो र डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारबाट राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भइसकेको छ । उक्त कार्यलाई यथाशिघ्र सम्पन्न गरिनेछ । विपद् प्रभावित व्क्तिहरुको खोज, उद्धारको कार्य दुई दिनभित्र सम्पन्न गरिनेछ ।’
त्यसैगरी सरकारले सो विपदका कारण करिव १७ अर्व क्षतिको अनुमान पनि गरेको छ । मुख्य सचिव अर्यालले हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्व ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्व र सिंचाई पूर्वाधारतर्फ १ अर्व, कृषि तथा पशुपंक्षितर्फ ६ अर्वको क्षति भएको अनुमान गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हालैको बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएका छन् । जसमध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका छन् । यस घटनामा हालसम्म प्राप्त वितरण अनुसार २२४ जनाको मृत्यु, २४ जना वेपत्ता, १५८ जना घाइते भएका छन् । उच्च जोखिममा रहेका ४३३१ जनालाई उद्धार गरी सुरक्षित स्थापनमा पठाइसकिएको छ । भौतिक क्षतिको प्रारम्भिक आकलन, अनुसार हालसम्ममा खानेपानीका संरचनामा ३ अर्व ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिंचाई पूर्वाधारतर्फ १ अर्बको क्षति भएको अनुमान छ । यसैगरी ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा नौं वटा राजमार्गमा अवरोध हटाइ सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा रहेकामध्ये कुल ६६७ दशमलव ९३ मेघावाट जडित विद्युत क्षमताको १६ वटा विद्युत आयोजनाहरु, कुल ११३९ दशमलव १९ मेघावाट जडित विद्युत क्षमताको १८ वटा निर्माणाधिन जलविद्युत आयोजनाहरु र ५ वटा प्रमुख प्रशारण टावरहरु क्षति भएको छ । कृषि तथा पशुपंक्षीतर्फ ६ अर्बको क्षति भएको अनुमान गरिएको छ । खोज तथा उद्धार कार्यमा ३० हजार ७३१ जना सुरक्षाकर्मी परिचालन गरिएको र तत्काल उद्धारका लागि हेलिकप्टर समेत प्रयोग भएको छ ।’
प्रधानमन्त्री ओलीद्वारा जारी विज्ञप्तीमा विपद्मा परी हालसम्म २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते र उच्च जोखिममा रहेका ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थापनमा पठाइसकिएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्