
काठमाडौं । आज सोह्रश्राद्धको अन्तिम दिन । असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन ।
असोज २ गतेदेखि शुरु भएको सोह्रश्राद्ध आज समापन हुँदैछ । पितृपक्ष सकिएपछि भोलिदेखि बडा दशैं शुरु हुन्छ ।
पितृपक्षमा १६ दिनसम्म दिवंगत भएका पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यी १६ दिनलाई सोह्रश्राद्ध पनि भनिएको हो ।
कारणवश तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ भने आज पनि गर्न नसकेमा आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिनेछ ।
आज काठमाडौंको गोकर्णेश्वर, नुवाकोट–रसुवाको बेत्रावती, देवघाट, त्रिवेणीलगायत स्थानमा श्राद्ध गर्नेको भीड लागेको छ ।
प्रतिक्रिया दिनुहोस्