
काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिनुपर्ने बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रुपबाट आइरहेको बताउनुभयो । उहाँले अहिले संघीयता नै बेठिक भयो भन्नेगरी आक्रमण भइरहेको भन्दै संघीयता कानूनअनुसार चल्ने हो भने राम्रो रहेको बताउनुभयो ।
सभामुख घिमिरेले मनोगत भन्दा तथ्यगत आधारहरु हेरेर संघीयताको मूल्यांकन गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र संघीय प्रणालीको संयन्त्रबाट कामहरु प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्मााण् गर्न जरुरी रहेको बताउनुभयो ।
सभामुख घिमिरेले संघीयता विकासको वाधक भयो भन्नेकुरामा आफू असहमत रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्