
काठमाडौं । पछिल्ला दुई दिन बढेको शेयर बजार बुधबार फेरि ओरालो लागेको छ ।
दिनभरको उतार चढावपछि बजार परिसूचक २६ अंकले घटेर बन्द भएको छ भने नेप्से २५ सय ९७ को विन्दुमा झरेको छ ।
मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि घटेको छ । वित्त उपसमूह हरियो भए बाहेक अन्य १२ वटै उपसमूह घटेका छन् । घटेको बजारमा पनि थ्रीस्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्तको शेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको छ । तर विन नेपाल लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
तीन सय १० कम्पनीको शेयर कारोबार भएकोमा १८७ कम्पनीको मूल्य घटेको छ भने ५४ वटा कम्पनीको मूल्य मात्रै बढेको छ । कुल छ अर्ब ७७ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा नेपाल फाइनान्सको सर्वाधिक २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्