२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने


351
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पानीको शुद्धिकरण गरी वितरण गर्न आवश्यक भएको बताउनुभएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयमा उपत्यकाका मेयर फोरमसँगको छलफलका क्रममा स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

स्वास्थ्यमन्त्री पौडेलले खानेपानी मन्त्रालयसँग समन्वय गरी साझा विषयमा काम अघि बढाउने बताउनुभयो । उहाँले विपद्को बेलामा खानेपानी शुद्ध नभए त्यसले निम्त्याउने जोखिम डरलाग्दो हुने भन्दै खानेपानी शुद्ध भए/नभएको परीक्षण गर्ने संयन्त्र बनाइ अनुगमनको विषयलाई प्रभावकारी बनाइने बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले पानीको शुद्धिकरणका लागि सरकारबाट परिचालन गर्ने संयन्त्र र आवश्यक पर्ने साधन, श्रोतहरुको व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले ट्यांकरको पानीमा न्युनतम पानी शुद्धिकरणका उपाय अपनाएको छ वा छैन भन्नेबारेमा मापदण्ड तोकेर निगरानी राख्नुपर्ने बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले शुद्ध पानी पिउन र उमालेर मात्रै पानी पिउनका लागि जनचेतना फैल्याउनुपर्ने बताउनुभयो । उहाँले खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा व्यक्ति र मिति तोकेरै समन्वय गर्ने समूह बनाइ काम अघि बढाउने बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले पानी जम्मा गरिएका ट्याङ्कीमा पानी शुद्धिकरणका लागि आवश्यक संयन्त्र परिचालन गर्ने बताउनुभयो । उहाँले पानीको सप्लाई संयन्त्रको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताउनुभयो ।