
काठमाडौं । दशैंका लागि व्यापारीले खसी, बोका र च्यांग्र्रा उपत्यका भित्र्याउन थालेका छन् ।
मुुस्ताङबाट दुुई सय च्यांग्र्रा आइपुुगेको चौपाया खरिद बिक्री संघले जनाएको छ । संघका अध्यक्ष जनक खड्काले दशैंलाई लक्षित गरेर खसी, बोका र च्यांग्रा भित्रिन थालेको जानकारी दिनुुभयो ।
दशैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने भएकाले व्यवसायीले गाउँबाट खसीबोका ल्याएर घटस्थापनाको दिनदेखि उपत्यकामा बिक्री गर्न शुरु गरेका हुन् ।
हालैको बाढीपहिरोले यातायात अवरुद्ध हुुँदा खसीबोका ल्याउन कठिन भएको खड्काले जानकारी दिनुुभयो । तीन, चार दिन बाटो अवरुद्ध हुुँदा खसीबोका ल्याउन नसकेको र अब सडक अवरोध खुलेपछि खसीबोका उपत्यकामा भित्रिने उहाँले बताउनुभयो ।
यसवर्ष दशैंमा २२ हजार खसीबोका र पाँच हजार च्यांग्रा ल्याउने तयारी गरिएको उहाँकोे भनाइ छ । अविरल वर्षाका कारण उपत्यकामा खसीबोका नआउँदा मूल्य महँगो पर्न गएको उहाँले बताउनुभयो । बजारमा खसीबोका नियमित रूपमा आउन थालेपछि मूल्य घट्ने उहाँको दाबी छ ।
यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी शनिबारदेखि खसीबोका बिक्री गर्ने तयारी गरेको छ । विगतमा घटस्थापना अघिदेखि ल्याउने गरेकोमा यस वर्ष बाटो अवरुद्ध हुँदा खसीबोका ल्याउन ढिलाइ भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्