१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चितवनमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु


2.522k
Shares

काठमाडौं । चितवनमा चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको छ ।

बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

माउते सिंह पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ । उनीसँगै रहेका एक जना भने भागेर बाँच्न सफल भएको बताइएको छ ।