२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कृषिको दिगो विकास र प्रवर्द्धनका लागि एक दिने गोष्ठी सम्पन्न


104
Shares

काठमाडौं ।कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि एक दिने गोष्ठी सम्पन्न भएको छ ।

शुक्रबार ललितपुरमा कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि सरोकारवालहरुसँग एक दिने गोष्ठी सम्पन्न भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नेपालको कृषि क्षेत्रलाई परिवर्तन गर्नसक्ने विज्ञहरुले सम्मेलनमा बताए । उनीहरुले नेपालले कृषिको क्षेत्रमा थप अध्ययन र अनुसन्धान गर्न जरुरी रहेको उल्लेख गरे ।

कृषि क्षेत्रको विकासका लागि किसानका समस्यालाई पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने विज्ञहरुले सुझाव दिए । उनीहरुले वास्तविक किसानको पहिचान गरी उनीहरुलाई सहुलियत, राहत र अनुदान दिनुपर्ने बताए । किसान र कृषि क्षेत्रलाई बलियो बनाउन किसानका उत्पादनहरुलाई बजारीकरण गर्नुपर्ने विज्ञहरुको जोड छ ।