२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


करिब ९ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ


0
Shares

काठमाडौं । ८ किलो ८ सय ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विश्वराज खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा शनिबार बिहान पूर्वपश्चिम सडकखण्ड अन्तर्गत पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको ८ किलो २ सय ४३ ग्राम ९७० मिलिग्राम सुन बरामत गरेको प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ । पक्राउ पर्नेहरुमा स्कुटर चालक भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने अन्दाजी वर्ष २५ का अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडि सवार भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने अन्दाजी वर्ष २७ को राहुल भिट्टिहाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुनसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने छ ।