१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारले विमान परिचारक र परिचारिकाको उमेर हद ५० वर्ष पुर्‍याउने


702
Shares

काठमाडौं । सरकारले विमान परिचारक/परिचारिकाको ४५ वर्षे उमेर हदलाई ५० वर्ष पुर्‍याउने भएको छ ।

शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनतर क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिनुभएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरुले आफूहरुमाथि भेदभाव भएको, आफूहरुलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाई नभएको विषय राख्नुभएकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताउनुभयो । उहाँले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निस्कर्ष बैठकले निकालेको बताउनुभयो ।

मन्त्री पाण्डेले नेपालका सन्दर्भमा अहिले औषत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेर हद ५० वर्ष पु¥याउँदा फाइदा हुने बताउनुभयो । मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक÷परिचारिकाहरु आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिवद्धतासहित फर्किनुभएको मन्त्री पाण्डेले बताउनुभयो ।

क्याबिन क्रुको हड्तालका कारण नेपाल वायुसेवा निगमको शुक्रवार राति साढे ११ बजेको काठमाडौं–दुबई उडान रद्ध भएको थियो । जसकारण ३ सय २८ यात्रु अलपत्र परेका थिए । निगममा कार्यरत परिचारिका÷परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याविन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी २०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए । उक्त मुद्दाको किनारा लागेको छैन ।

निगमले ४५ वर्ष उमेर पुगेका क्याविन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा थिए ।