८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौं : अध्यक्ष दाहाल


351
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएको बताउनुभएको छ ।

नेकपा (माआवादी केन्द्र)को पहिचानलाई स्थापित गराउन पनि आफूहरुले आसन्न स्थानीय तहको उपनिर्वाचन र २०८४ सालको निर्वाचनमा एक्लै लडने संकल्प लिएको अध्यक्ष दाहालको भनाई थियो । पार्टीको दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले टानको निर्वाचनमा आफ्नो पार्टी पक्षधरले एक्लै जितेपछि कांग्रेस-एमाले लगायतका प्रतिक्रियावादीहरुको सात्तो गएको जिकिर पनि गर्नुभयो ।

अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा जितेर माओवादी केन्द्रले एक्लै निर्वाचन जित्नसक्छ भन्ने सन्देश दिनेगरी त्यसको तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचन आफ्नो पार्टीले जित्ने दाबी समेत गर्नुभयो ।

अध्यक्ष दाहालले वर्तमान सरकार जनताको सेवाको लागि नबनेको भन्दै त्यसप्रति जनताले आशा गर्ने ठाउँ नरहेको दोहोर्‍याउनुभयो ।