
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट खसीबोका र च्यांग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकिलो खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकिलो ६६० रुपैयाँमा बिक्री खुला गरेको हो ।
यस्तै च्यांग्रा प्रतिकिलो एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर एक हजार २२० रुपैयाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्यांग्रा ल्याइसकेको र अरू पनि ल्याउने काम भइरहेको थापाथलीस्थित प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
प्रत्येक वर्ष कम्पनीले चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा खसीबोका र च्यांग्रा खरिद गरेर बिक्री गर्दछ । यो दशैंमा खसी बोका १५ सय र च्यांग्र्रा तीन सय गरी जम्मा १८ सय बेच्ने कम्पनीको लक्ष्य छ ।
निजी व्यवसायीले यस अघि घटस्थापनादेखि विभिन्न जिल्लाबाट खसीबोका ल्याएर बिक्री शुरु गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्