२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुलीमा बस दुर्घटना, दुई जनाको मृत्यु


7.709k
Shares

सिन्धुली । काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५, महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ ।

सोमबार बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिनुभयो ।