२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कलंकीमा खसी बोकाको व्यापार


0
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले दर्शै लक्षित खसी, बोका र च्यांग्रा सुपथ मूल्यमा विक्री वितरण सुरु गर्दा राजधानीको कलंकी खसी बजारमा पनि व्यापारीहरुले खसी, बोका, च्याँग्रा र भेडा विक्री वितरण गरिरहेको छ ।

तराईबाट ल्याईएका खसीबोका र विभिन्न जिल्लाबाट विक्रीका लागि ल्याइएका खसी, बोका, च्यांग्रा र भेडाको मूल्य निर्धारण गरी र हचुवाको भरमा विक्री वितरण भइरहेको छ । हरेक वर्ष र्झै यो वर्ष पनि खसीबोका विक्री वितरण गर्दै आएका व्यापारीहरु भने व्यापार नभएको गुनासो गर्छन् ।

खाद्यले तोकेको भन्दा खसीमा ६० रुपैयाँ र च्यांग्रामा ४० रुपैयाँ बढी मूल्य तोकी उनीहरुले व्यापार गर्दै आएका हुन् । पहाडी र तराईका खसी बोका विक्रीका लागि सहजै राजधानी ल्याइएतापनि यो वर्षको दशैमा भन्ने सडक अवरुद्ध भएका कारण मुस्ताङबाट मात्रै च्यांग्रा ल्याइएको हो ।