२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फूलपातीका दिन नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने


3.068k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने भएको छ ।

मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं-भैरहवा-काठमडौं उडान गर्ने भएको हो ।

आवतजावतमा सहजता प्रदान गर्नका लागि फूलपातिको दिन (असोज २४ गते) काठमाडौं निगमको ब्घद्दण् जहाजबाट उद्दार उडान गर्ने निगमले जनाएको छ ।

आरए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं-भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर ७ हजार रुपैयाँ राखिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँकाअनुसार विमानमा ३० केजीको लगेज लैजान पाउनेछन् ।

त्यस्तै सोही दिन साढे १२ बजे आर=ए-१७४३ उडान नम्बरमा भैरहवा-काठमाडौं उडान भर्ने र ३ हजार ८ सय भाडादर कायम गरिएको बताउनुभयो । यात्रुहरुले निगमको आन्तरिक विक्रि कार्यालय, निगमको ध्भदकष्तभ ९धधध।लभउबबिष्चष्लिभक।अयm।लउ० वा आफ्नो मोबाइलबाट समेत इलष्लिभ त्ष्अपभत लिन सकिने व्यवस्था रहेको निगमले जनाएको छ ।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने÷आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाई भएको अवस्थामा निगमले वडादशैमा आ–आफ्नो जिल्ला स्थित घर आउनरजान सहज होस भनी वडादशैंको फुलपातीको सो सेवा दिन लागेको कार्यकारी अध्यक्ष अधिकारीले बताउनुभयो ।