
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध ३ सय ९२ किलो गाजा सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे बस्ने ट्याङकर चालक बर्ष २६ का रोशन पुरी र सोही ठेगानाका सहचालक वर्ष २२ का धनबहादुर मल्ल रहेका छन् ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा बिशेष सुचनाको आधारमा पालुङबाट बिरगंज तर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा लाई शंका लागी ट्याङकरको खानतलासी गर्दा उक्त परिमाणको गाजा बरामद भएको हो ।
ट्याङकरको पाँचवटा डिब्बाहरु मध्ये ३ नं. को डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा लुकाई ल्याइएको थियो । उक्त परिणामको लागूऔषध गाजा र ट्याङकर गाडी सहित पक्राउ परेका रोशन पुरी र धन बहादुर मल्ललाई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्