२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


धवलागिरी हिमालमा पाँच रुसी आरोहीको मृत्यु


0
Shares

काठमाडौं । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रुसी आरोहीहरु मृत अवस्थामा भेटिएका छन् ।

गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरु सम्पर्क विहिन थिए । उनीहरुको मृत्यु यकिन भइसकेको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो ।

मंगलबार विहान उनीहरुको खोजीका लागि हेलिकप्टर पुगेको थियो । पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय मिटरमा झरेको उहाँले बताउनुभयो । एक जनालाई भने क्याम्पबाट जिवितै उद्धार गरिएको जनाइएको छ ।