२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी बक्यौता – भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं


546
Shares

काठमाडौं । निर्माण व्यवसायीहरुले आफूहरुको बाँकि बक्यौता रकम तत्काल भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सकुन्तलाल हिराचनलगायतका व्यवसायीहरुले निर्माण व्यवसायीहरुको सबै बक्यौता रकम तिहार अघि पनि भुक्तानी नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनु भएको हो ।

महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको सातौं स्मृति दिवसको अवसरमा पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सिंहले तिहार अगावै आफूहरुको सबै बक्यौता रकमहरुको भुक्तानीसहित ती साँढे ६ अर्वका आयोजनाहरुलाई अघि बढाउने काम गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले निर्माण व्यवसायीहरु संकटमा परेको कारण मुलुकको अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै ती समस्या समाधान गरेर सरकारले मुलुकको अर्थतन्त्रलाई सहज ढंगले चलायमान बनाउने काम गर्नुपर्ने बताउनुभयो ।

महासंघका पूर्वअध्यक्ष सकुन्तलाल हिराचनले पनि तिहार अगाडि आफूहरुको सबै बक्यौता रकम भुक्तानी नभए सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो । उहाँले निर्माण व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढे त्यसले सरकारलाई चार गुणा बढि फाईदा दिने दावी समेत गर्नुभयो ।

कार्यक्रममा स्वर्गीय गौचनले निर्माण व्यवसायको क्षेत्रमा पु¥याउनु भएको योगदान स्मरण गरिएको थियो ।