८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


पैसाको सदुपयोग गर्न सक्नुपर्छ : प्रधानमन्त्री ओली


416
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।

बुधबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पैसाले उद्यमशिलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले नयाँ ठाउँमा लगानी गर्नसके मात्रै पैसाको सही सदुपयोग हुने बताउनुभयो । उहाँले पैसा हुनेले गतिलो काम गर्छन् भन्न नसकिने बताउनुभयो । उहाँले पैसा कम भएपनि गतिलो काम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होलिडे इन रिसोर्ट धेरै नै सुन्दर ठाउँमा बनेको बताउनुभयो । उहाँले यसको प्रचारप्रसार गर्नसके पर्यटकहरु धेरै बढ्ने बताउनुभयो । उहाँले होटल होलिडे इन रिसोर्टबाट काठमाडौंका सबै ठाउँ देखिने र रातिको दृश्यावलोकन सुन्दर देखिने भएकाले आकर्षक रहेको बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन आवश्यक रहेको बताउनुभयो । उहाँले देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित र सुचारु छ भन्ने देखाउनुपर्ने बताउनुभयो ।