२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भारतीय उद्योगपति रतन टाटाको निधन


0
Shares

एजेन्सी । भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो ।

टाटा भारतको सबैभन्दा प्रतिष्ठित र अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापारीमध्येका एक थिए । टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । जसको वार्षिक कारोबार एक खर्ब डलरभन्दा बढी छ ।

टाटा सन्सका वर्तमान अध्यक्ष नटराजन चन्द्रशेखरनले उनलाई असामान्य नेता भनेर बताएका छन् । समुहका अध्यक्ष चन्द्रशेखरनले सम्पूर्ण टाटा परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टाटालाई दूरदर्शी व्यापारी नेता, एक दयालु आत्मा र एक असाधारण मानवको भन्दै प्रशंसा गरेका छन् ।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।