
काठमाडौं । गोरखामा एक महिलाको हत्या भएको छ । गोरखाको पालुङटार नगरपालिका–७ मा २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको र उनको उपचारका क्रममा बिहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्