२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दशैं घरमा भित्र्याइयो फूलपाती


468
Shares

काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ ।

बिहीबार नेपालीहरुको महान चाड वडा दशैं अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिवार अपरान्ह दशैं घरमा भित्र्याइएको हो ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाईंका साथ भित्र्याइएको छ । फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाईंसमेत गरेको थियो ।

बढाईं कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाईं टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाईं, मार्चपाससहितको बढाईं र षट्कोण चिन्हबाट बढाइँ प्रश्तुत गरिएको थियो ।