
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताउनुभएको छ ।
आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनसिप हुँदैछ । आयोजक नेपालले भने कातिक २ गते भूटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको शुरुवात गर्ने भएको छ ।
घरेलु मैदानमा हुने साफमा च्याम्पियन बन्ने लक्ष्यसहित खेलाडीलाई राम्रोसँग उत्प्रेरणा दिँदै प्रभावकारी तयारी गरिएको प्रशिक्षक तामाङले बताउनुभयो । टोलीको लक्ष्य पूरा हुने आशा रहेको उहाँको भनाइ छ । प्रशिक्षक तामाङले एन्फा लिगबाट प्रारिम्भक छनोट गरिएको र त्यहाँबाट अहिले २७ खेलाडीले प्रशिक्षण गरिरहेको बताउनुभयो ।
दुई खेलाडी रेखा पौडेल र साबित्रा भण्डारी भण्डारी देश बाहिर लिग खेलिरहेको २७ खेलाडीलाई नै प्रशिक्षण गराइएको प्रशिक्षक तामाङको भनाइ छ । लामो समय टर्पmमा प्रशिक्षण गरे पनि घाँसे मैदानमा हुने खेलले केही अफ्ठ्यारो नहुने प्रशिक्षक तामाङ बताउनुहुन्छ । वाफमा खेल्दा पनि टर्पm प्रशिक्षण गरेर घाँसे मैदानमा प्रतिष्पर्धा गरेको उहाँले स्मरण गर्नुभयो । तर खेलाडीको मानसिकताले नै प्रभाव पार्ने उहाँले बताउनुभयो । साबित्रा र रेखा विदेशी लिग खेलिरहेकाले उनीहरूलाई नै राख्ने गरी टिम तयारी नगरिएको प्रशिक्षक तामाङले उल्लेख गर्नुभयो ।
रेखा पौडेल आउने भएपनि साबित्रा टोलीमा रहने सम्भावना कम रहेकाले सोहीअनुरूप तयारी गरिएको उहाँले स्पष्ट पार्नुभयो । रश्मि घिसिङ सावित्राको स्थानमा विकल्प हुनसक्ने प्रशिक्षक तामाङले आशा गर्नुभयो । सावित्रा र रेखालाई शुरुका दुई खेलपछि खेल्ने गरी टोली निर्माण गर्ने उनको उद्देश्य छ । साफ च्याम्पियनसिपको तयारीमा रहेकाले महिला खेलाडीलाई टीकाको दिनबाहेक रिलिज नगर्ने उहाँको भनाइ छ । तर यो दिनमा डाइट प्लान बिग्रने चिन्ता रहेको उहाँले बताउनुभयो । लगातार तेस्रो संस्करणमा नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको हो ।
यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एकपल्ट यसको आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ ।
यो समूहमा श्रीलंका माल्दिभ्स र भूटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दैछन् । हालसम्म नेपाल पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन । महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ । यस च्याम्पियनसिपमा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्