८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बिपी राजमार्गमा सुख्खा पहिरो


2.21k
Shares

काठमाडौं । बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । आज बिहान एकतर्फी सडक खुलेको दुई घन्टा भएपछि फेरि रोशी गाउँपालिका ११ पिप्लेमा सुक्खा पहिरो गएर बिपी राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोले गर्दा एउटा बस रोशी खोलामा खस्‍न पुगेको छ । यस्तै एउटा टाटा सुमो पुरिएको छ भने एउटा जेसिबीमा पनि क्षति पुगेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।

पहिरोले रोशी खोलामा सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ४३५२ नम्बरको बस खसेको हो । यस्तै खोटाङबाट काठमाडौँ जाँदै गरेको ना १ ज– ६८१७ नम्बरको सुमो पुरिएको छ ।

अहिले बि.पि. राजमार्गअन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गा.पा. –११ पिप्ले स्थित बि.पि. राजमार्गमा पुनः सुक्खा पहिरो झरीरहेकाले तत्काल दुईतर्फि सडक अवरोध भएको हुँदा बिपी राजमार्ग हुँदै यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

दुई साताअघि अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट बिपी राजमार्ग अवरुद्ध भएको थियो ।