
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा ९ जना कन्याको विधिपूर्वक पूजा गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा कन्याहरूको पूजा गर्नुभएको हो ।
नवरात्रमा दुर्गादेवीका ९ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्ड, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले ९ कन्याको पूजा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्