२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिए


559
Shares

काठमाडौं । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । उक्त संख्या शुक्रबारसम्मको भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

१८ लाख मानिस दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएको थियो । तर, बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिनुभयो ।

अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए ।