
एजेन्सी । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच तत्काल युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ ।
टेलिभिजनमा सम्बोधन गर्दै उहाँले युद्धविरामको एउटा अंशको रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकारको प्रतिबद्धतामा जोड दिँदै हिजबुल्लाह यस विषयमा सहमत भएको बताउनुभएको छ ।
लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई पूर्ण र तत्काल युद्धविरामको आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने उहाँले बताउनुभयो ।
यसअघि हिजबुल्लाहले गाजामा आफ्नो प्यालेस्टिनी सहयोगी हमाससँग पनि युद्धविराम भएमा मात्र युद्धविराम स्वीकार्ने बताएको थियो । लेबनानी अधिकारीहरूका अनुसार एक वर्षको युद्धमा दुई हजार एक सयभन्दा बढी मानिसको मृत्यु र १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्