२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दशैंको टीका लगाइँदै


0
Shares

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंको टिका लगाइरहेको छ ।

शनिबार बिहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा आफूभन्दा ज्येष्ठबाट वडा दशैंको टिका लगाउन शुरु गरिएको हो ।

साथै जमरा लगाउने र आशिर्वाद लिन शुरु गरिएको हो । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टिका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ । त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी ९वडा दशैँ० को सबैभन्दा महत्वपूर्ण दिन हो ।यसैले आजको दिनलाई विजयको प्रतिकका रुपमा पनि लिइन्छ ।