
प्रतीकात्मक।
काठमाडौं । तनहुँको व्यास नगरपालिका-६, श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका-२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो । दशैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्