१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बंगलादेशमा डेंगी संक्रमण नियन्त्रण गर्न कठिनाई


0
Shares

एजेन्सी । बंगलादेशमा डेंगी संक्रमण नियन्त्रण गर्न कठिनाई भएको छ ।

डेंगीका कारण थप ९ जनाको मृत्यु भएको छ । जुन यो वर्षकै सबैभन्दा उच्च दैनिक मृत्युदर हो ।

गत जनवरीदेखि हालसम्म डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १० पुगेको र सेप्टेम्बरमा मात्रै ८० जनाको मृत्यु भएको थियो । बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार डेगीं संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि देशभर लामखुट्टे मार्ने अभियान तीब्र पारिएको छ ।

संंक्रमितका कारण बंगलादेशमा अस्पतालहरु भरिएका छन् । बिशेष गरी बालबालिका र बृद्धबृद्धा डेंगीबाट प्रभावित भएका छन् । पछिल्लो २४ घण्टामा ९ सय १५ नयाँ संक्रमण पुष्टि हुँदा यो महिनाको कुल संक्रमण संख्या १० हजार ८ सय ७२ पुगेको छ ।

बंलादेशमा सन् २०२३ मा डेंगी सक्रमणबाट १ हजार ७ सय ५ जनाको मृत्यु भएको थियो ।