
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४ वर्षको अवधिमा तीन हजार ४८५ वटा मुद्दा दर्ता गराएको छ । आयोगको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार स्थापनाकालदेखि हालसम्म ३४ वर्षको अवधिमा झण्डै साँढे तीन हजार मुद्दा अदालतमा दर्ता गरिएको हो ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरेर अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गर्ने संवैधानिक निकायको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको हो ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएपश्चात् आयोगबाट हालसम्म तीन हजार ४८५ मुद्दा अदालतमा दर्ता भएका छन् । औसतमा प्रति वर्ष १०५ भन्दा बढी आरोप पत्रहरू अदालतमा दर्ता भएको आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको हो ।
प्रतिवेदन अनुसार तीन दशकको अवधिमा सबैभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी मुद्दा अदालतमा पुगेका छन् । त्यसपछि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा दर्ता भएको छ ।
सबैभन्दा बढी १ हजार २४२ वटा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप पत्रहरू रहेका छन् भने भ«ष्टाचार सम्बन्धी ८७५ वटा आरोप पत्रहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्