
काठमाडौं । आज आश्विन शुक्लपक्ष द्वादशी तिथि । विजयादशमीको द्वादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा अनुसार आज पनि टीका लगाउनेक्रम जारी छ ।
नवरात्रमा घटस्थापनादेखि नवमीसम्म नवदुर्गाको आराधना गरिएको प्रसाद विजयादशमीका दिनदेखि शुरु भएको हो । नवदुर्गाको टीका र जमरा लगाउने क्रम आज पनि छ । दशैंका दिन नभ्याउने तथा मान्यजन टाढा हुनेले बडादशैंको दिनदेखि आश्विन शुक्ल पूर्णिमासम्म टीका आशीर्वाद थाप्न आफन्तकोमा जाने गर्दछन् ।
महाअष्टमी र महानवमीका दिन सुनसान भएको राजधानीमा दशैंको दिनदेखि चहलपहल बढेको छ ।
प्रतिक्रिया दिनुहोस्