
काठमाडौं । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ ।
यहाँ दशैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन ।
तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताउनुभयो ।
सोमबार नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको लामाले बताउनुभयो । दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामाग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।
नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्