
काठमाडौं । आज विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न जनचेतना मूलक कार्यक्रम गरि यो दिवस मनाइदैछ ।
विश्वमा सरसफाइ र स्वास्थ्यको बारेमा चेतना जगाउन हरेक वर्षको अक्टोबर १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
हात सफा नहुँदा विभिन्न रोग र सङ्क्रमणका कारण विश्वमा हरेक वर्ष लाखौँको मृत्यु हुने गरेको छ । विश्वमा हरेक ३ मध्ये एक जना नवजात बालबालिकालाई झाडापखालाको सङ्क्रमण हुनेगरेको तथ्याङ्क छ ।
अहिले पनि प्रतिवर्ष करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने मुख्य कारण झाडापखाला हो । हात धुने बानी र व्यवहारलाई मात्रै नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यमा जीवन बचाउन सकिने छ ।
खाना खानुअघि र खाएपछि, पकाउनु अघि, काँचो खानेकुरा छोएपछि, बिरामीहरूलाई भेट्न अघि र भेटेपछि, धूम्रपान गरेपछि, फोहोर छोएपछि, बगैँचामा काम गरेपछि वा जनावरहरूलाई छोएपछि साबुन पानीले हात धुनु जरुरी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्